लागुऔषधसहित तीन जना पक्राउ

कैलाली । कैलाली प्रहरीले धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ । उप-महानगरपालिका–२ स्थित ट्राफिक चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोर्ण बहादुर रावल, धनगढी २ बस्ने २९ बर्षीय टेक बिष्ट र वडा नम्बर ४ बस्ने ३० बर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दोर्ण बहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाईल ग्यालरीको भित्र कोठामा लागुऔषध (खैरो हिरोईन) कारोबार भइरहेको भन्ने सुचनाको आधारमा उक्त मोबाईल ग्यालरीको भित्र कोठामा गई चेकजाँच गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको उनले जानकारी दिए । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको उनले बताए । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया