पत्रकार विश्वकर्माको निधनको छानबिन गर्न र क्षतिपूर्ति दिन माग

काठमाडौं । श्रमजीवी पत्रकार संघले पत्रकार एलबी विश्वकर्माको निधनको छानबिन गर्न र दोषीलाई कारबाहीसहित पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरिएपछि भएको निधनकाबारेमा शुक्रबार सिभिल हस्पिटलको व्यवस्थापनसँग छलफल गरेकोसंघका अध्यक्ष जन्मदेव जैशीले जानकारी दिए । निष्पक्ष छानबिनसहित दोषीमागि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।
‘उपचार नगरी आईसीयू छैन भन्दै फर्काउने सम्बन्धित विभागका कर्मचारीमाथि उचित छानबिनसहित कारवाही नगरे र पीडितलाई उचित क्षतिपूर्ति नदिए श्रमजीवी पत्रकार संघ नेपालको तर्फबाट गेटमा धर्नादिने अस्पताल व्यवस्थापनदलाई जानकारी दिइएको छ’, उनले भने ।
उनका अनुसार व्यवस्थापनका पक्षबाट डाइरेक्टर विधाननिधि पौडेल कोभिडका कारण आईसोलेसनमा भएकाले उनले फोनमार्फतको निर्देशनमा डा. अनुजजङ्ग रायमाझीले पीडित र कर्मचारी दुवै पक्षसँग बुझेर आवश्यक कारवाहीका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आउँदो आइतवार श्रमजीवी–पत्रकार संघ नेपाल, हस्पिटलको व्यवस्थापन पक्ष र पीडित पक्षबीचको त्रिपक्षीय बैठक बस्ने तयारी भएको अध्यक्ष जैशीले जानकारी दिए ।


















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया