आर्मी र सुदूरपश्चिम फाइनलमा
मेरोन्यूज
२०७८ माघ ७ गते २०:३२

काठमाडौं । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित ग¥यो ।
आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा सुदूरपश्चिमले मधेस प्रदेशलाई २–० गोलले हरायो । लक्ष्मी बम र ‘वुमन अफ द म्याच’ सुनिता नेगीले गोल गरे ।
फाइनल शनिबार हुने छ । शनिबारै गण्डकी र मधेस पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सम्बन्धित









कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
मेरो न्यूजलाई प्रेस काउन्सिलले पत्र काटेकोमा प्रेस चौतारीको आपत्ति
चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’
लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया