लागूऔषधसहित तीन जना पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार राति छिन्नमस्ता गाउँपालिका–१ बाट प्रहरीले तीन जना लागू औषध कारोबारीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला तिरहुत गाउँपालिका–५ बस्ने २७ वर्षीय राजकुमार मेहता, सोही ठाउँका १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ का २५ वर्षीय बैजु साह रहेका छन् ।
उनीहरूको साथबाट नेपालमा प्रतिबन्धित डिएलेक्स– डिसी सय एमएलको १ सय ९० बोतल, डिजेपाम २ एमएलको ९५ एम्पुल, फेनेरागन २ एमएल इन्जेक्सन ९५ एम्पुल, लेगेसिस २ एमएलको इन्जेक्सन ९५ एम्पुल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
छिन्नमस्ता गाउँपालिका–१ बरहीस्थित पूर्व–पश्चिम कोसी कर्णाली पम्प नहरको बाटोमा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २३ प २७७३ नम्बरको मोटरसाइकल शंका लागि रोकेर सोधपुछ गरी चेकजाँच गर्ने क्रममा लागू औषध फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए ।
उनीहरूमाथि लागू औषधको मुद्दामा म्यादथप गरी अनुसन्धान भइरहेको छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया