ताप्लेजुङको पाथीभरा क्षेत्रमा भारी हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक विहीबार रातीदेखि हिमपात भएको छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा भारी हिमपात भएको हो ।
हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
पाथीभरामा जानुभन्दा पनि फर्किदा ओरालो पर्ने भएकाले समस्या हुने गरेको महतले बताए ।
पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
यस्तै, फक्ताङलुङ गाउँपालिका–७ याङमा क्षेत्रमा पनि हिमपात भएको छ ।
हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको स्थानीयले बताएका छन् ।
यसैगरी मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा पनि हिमपात भएको छ ।
ताप्लेजुङमा गत पुस १३ र १४ गते यो वर्षको पहिलो पटक हिमपात भएको थियो भने पुस २९ मा दोस्रो पटक हिमपात भएको थियो ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया