ताप्लेजुङको पाथीभरा क्षेत्रमा भारी हिमपात

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक विहीबार रातीदेखि हिमपात भएको छ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा भारी हिमपात भएको हो ।
हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए ।
पाथीभरामा जानुभन्दा पनि फर्किदा ओरालो पर्ने भएकाले समस्या हुने गरेको महतले बताए ।
पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
यस्तै, फक्ताङलुङ गाउँपालिका–७ याङमा क्षेत्रमा पनि हिमपात भएको छ ।
हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको स्थानीयले बताएका छन् ।
यसैगरी मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा पनि हिमपात भएको छ ।
ताप्लेजुङमा गत पुस १३ र १४ गते यो वर्षको पहिलो पटक हिमपात भएको थियो भने पुस २९ मा दोस्रो पटक हिमपात भएको थियो ।

















इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
सुविधा होइन, जनको आवाज मुखरित गर्छु : सुदन गुरुङ
गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया