उपत्यकामा चल्ने सवारीमा जोरबिजोर सुरु, यी सवारीलाई लाग्दैन नियम

काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्ने छन् । बिजोर गते बिजोर नम्बर प्लेटका चल्ने छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू नहुने उनले बताए ।
जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल, शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा निर्वाध रुपमा गुड्न पाउने छन् ।
खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचय पत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् । यस्तै, परिचय पत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।
सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचय पत्र भएका पत्रकारका सवारी साधन तथा कूटनीतिक नियोगका सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया