उपत्यकामा चल्ने सवारीमा जोरबिजोर सुरु, यी सवारीलाई लाग्दैन नियम

काठमाडौँ । काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।
जसअनुसार आज जोर गते जोर नम्बर प्लेटका गाडी गुड्ने छन् । बिजोर गते बिजोर नम्बर प्लेटका चल्ने छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार केही क्षेत्रमा भने जोरबिजोर लागू हुने छैन । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रमा जोरबिजोर लागू नहुने उनले बताए ।
जसअनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन एम्बुलेन्स, दमकल, शववाहन, ग्यास पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधनमा निर्वाध रुपमा गुड्न पाउने छन् ।
खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनमा चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचय पत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरुले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् । यस्तै, परिचय पत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।
सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचय पत्र भएका पत्रकारका सवारी साधन तथा कूटनीतिक नियोगका सवारी साधनमा पनि जोरबिजोर लागू हुने छैन ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया