कोरोना रोकथाम गर्न सुर्खेत प्रशासनद्वारा १९ बुँदे आदेश जारी
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९ बुँदे आदेश जारी गरेको छ ।
कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८, संक्रमण रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनका अनुसार आज राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९ बुँदे आदेश जारी गरिएको छ । जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेलालगायतका मानिसको भीडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ । त्यस्तै शैक्षिक संस्थामा भौतिक रूपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ ।
‘जारी गरिएका सबै आदेश व्यक्ति, संस्था, समूह, क्लब तथा विभिन्न संगठनले पालना गर्नु पर्ने छ,’ उनले भने, ‘आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पु¥याउने व्यक्ति तथा संस्थालाई संक्रमक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही र सजाय हुनेछ ।’
प्रजिअ रिजालले बार प्रणाली लागू गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताए ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया