बिहीबार, जेठ ८, २०८२

भारतमा एकैदिन ३ लाख ३७ हजार कोरोना संक्रमित थपिए

मेरोन्यूज २०७८ माघ ८ गते १५:०२

नयाँदिल्ली । भारतमा एकैदिन ३ लाख ३७ हजार कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ३७ हजार कोरोना भाइरस संक्रमित थपिँदा सोही अवधिमा २ लाख ४२ हजार कोरोनामुक्त भएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा थप ४८८ जनाको कोरोना संक्रमणले मृत्यु भएको जनाइएको छ ।

भारतमा २१ लाखभन्दा बढी सक्रिय संक्रमित छन् भने दैनिक संक्रमणदर १७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

वल्डओमिटरकाअनुसार कोरोना संक्रमणबाट अहिलेसम्म विश्वमा ५६ लाख ४ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया