पाल्पामा अत्यावश्यक सेवा मात्रै संचालन
मेरोन्यूज
२०७८ माघ ९ गते ८:३५

काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले पाल्पाले अत्यावश्यक सेवा मात्रै संचालन गर्न आग्रह गरेको छ । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आजदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली संकलन र नागरिकता प्रमाणपत्रबाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ । पछिल्लो समय जिल्लामा संक्रमण बढेको छ । पछिल्लो सयम सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो ।
सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनु पर्ने, मास्क लगाउनु पर्ने व्यवस्था गरिएको छ । जिप्रकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ ।
सम्बन्धित
















BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया