बिहीबार, पुष १०, २०८२

केन्टका गिजरहरु नेपाली बजारमा

मेरोन्यूज २०७८ माघ ९ गते १८:२८

काठमाडौं । इ.ओ.एल. प्रा.लि. ले जाडो मौसमलाई नजरमा राखेर केन्टका ग्याँस तथा इलेक्ट्रिक गिजरहरु ल्याएका छन् ।

ग्याँस गिजरमा एनथियस प्लस रहेको छ, जसको बजार मूल्य रु ८,६२० छ ।

इलेक्ट्रिक गिजरमा चाँही अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राईम १५, अस्ट्रल प्लस ३० अस्ट्रल प्राईम ३०, ग्राण्ड १०, ग्राण्ड १५, ग्राण्ड ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० उपलब्ध छन् ।

यी मध्ये अस्ट्रल प्राईम १५, अस्ट्रल प्राईम ३०, ग्राण्ड स्टार १५ र ग्राण्ड स्टार ३० मोडलहरुमा रिमोट कन्ट्रोल उपलब्ध छ । केन्टका गिजरहरु ६ लिटर देखि ३० लिटरसम्म उपलब्ध रहेको छ । इलेक्ट्रिक गिजर रु ११,७६० देखि रु १९,३३० सम्म रहेको छ ।

सबै गिजरहरु एक वर्षको वारेन्टीको साथ आउँछन् र हाम्रो आधिकारिक डिलर नेटवर्कमा नेपालभर उपलब्ध छन् ।

प्रतिक्रिया