न्युजिल्यान्डकी प्रधानमन्त्रीको रोकियो बिहे

वेलिङ्टन । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनको विवाह रोकिएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएपछि न्युजिल्यान्डकी प्रधानमन्त्रीले आफनो विवाह कार्यक्रम रोकेकी हुन् । प्रधानमन्त्री आर्डन क्लार्क गेफर्डसँगको प्रेममा छिन् ।
आर्डन र गेफर्डबीच पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भेट भएको थियो । ४१ वर्षीया आर्डन २८ वर्षको उमेरमा नै सांसद बनेकी थिइन् । उनका प्रेमी क्लार्क गेफोर्ड टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह नगरे पनि सँगै बस्थे। उनीहरूले गत वर्ष छोरी जन्माएका थिए।
ओमिक्रोन फैलिएपछि पछिल्ला दिनहरूमा त्यहाँ प्रतिबन्धहरू कडा पारिएको छ । सार्वजनिक यातायात, पसल, रेस्टुराँलगायतमा कोभिडविरुद्धको खोप लगाएका बढीमा सय जनालाई प्रवेश दिइएको छ ।
प्रधानमन्त्री आर्डनले आइतबार पत्रकारहरूसँग कुरा गर्दै प्रेमी क्लार्क गेफर्डसँगको विवाहको कार्यक्रम रोकेको बताएकी हुन् । ‘म बिलकुल फरक छैन । हजारौं न्युजिल्यान्डवासी महामारीका कारण निकै प्रभावित भएका छन्,’ उनले भनिन् ।
नयाँ नियमअनुसार कुनै पनि समारोहमा खोप लगाएका सय जना वा खोप पास नभएका २५ जनालाई मात्र प्रवेश अनुमति दिइएको छ । यो नियम व्यायामशाला तथा विवाह समारोहमा पनि लागू गरिएको छ । त्यस्तै, कक्षा ४ वा सोभन्दा माथिका विद्यार्थीलाई पनि विद्यालयमा मास्क अनिवार्य गरिएको छ ।
आर्डनले संयुक्त राष्ट्रसंघको एक बैठकमा सहभागी हुने क्रममा चार महिनाकी छोरीलाई काखमा लिएर पुगेपछि चर्चामा आएकी थिइन् । उनले संसारभरका कामकाजी महिलालाई जागिर र जिम्मेवार पदमा रहँदा पनि आमाको जिम्मेवारी सम्हाल्न सकिन्छ भन्ने सन्देश दिएकी भन्दै निकै प्रशंसा भएको थियो ।
















DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
काभ्रेपलाञ्चोकमा आर्थिक उपार्जनका लागि कफीखेती अभियान
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया