युरोपबाट कोरोना महामारीको अन्त्य हुनसक्ने : डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपबाट कोरोना महामारीको अन्त्य हुनसक्ने संकेत गरेको छ।
डब्लुएचओ युरोपका निर्देशक हान्स क्लुगेले एएफपी समाचार एजेन्सीलाई भने, ‘कोरोनाको ओमिक्रोन भेरियन्टका साथ महामारी नयाँ चरणमा प्रवेश गरेको छ। जसले मार्चसम्म युरोपमा ६० प्रतिशत मानिसहरूलाई संक्रमित गर्न सक्छ र योसँगै अन्ततः महामारीको अन्त्य पनि हुनसक्छ।’
ओमिक्रोन भेरियन्टको तीव्र गतिमा विश्वका अधिकांश ठाउँमा फैलिरहेको छ। कोरोनाको यो खतरनाक भेरियन्टले महादेशको करिब ६० प्रतिशत जनसङ्ख्यालाई संक्रमित गर्ने बताइएको छ। क्लुगेले यो भाइरसको उत्परिवर्तन हुने क्षमताका कारण आवश्यक सावधानी अपनाउन पनि सुझाव दिए।
खोप लगाएकाहरुमा ओमिक्रोन भेरियन्टले डेल्टाभन्दा कम गम्भीर समस्या देखाएको अध्ययनबाट पनि पुष्टि भएको छ। यसले के पनि देखाएको छ कि कोरोना एक घातक महामारीबाट मौसमी फ्लुमा परिणत भइरहेको छ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।
















हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया