कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सिसी क्यामेरा जडान

विराटनगर। प्रदेश नं १ सरकारले कोशी पुलदेखि मेचीपुलसम्म र विराटनगरको रानीदेखि धरानसम्म सीसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आज सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति सुरक्षालाई ध्यानमा राखी ती स्थानका मुख्य राजमार्ग क्षेत्रमा सीसी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए । उनले भने ,’सीसी क्यामेरा जडान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । शान्ति सुरक्षामा प्रविधिको अत्यधिक प्रयोगबाट अपराध नियन्त्रण गरिने छ ।’
शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने अनुभूति गर्नका लागि वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । उनले भने, ‘प्रदेशको राजधानीलाई हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गरी हामीले काम गरिरहेका छौँ ।’
प्रदेश सरकारले १४ जिल्लामा गरिब, असक्त, महिला आदिलाई लक्षित गरेर निःशुल्क कानुनी सहायता केन्द्र स्थापना गरिने जानकारी दिँदै उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालय हो भनेर देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री कार्कीले केही महिनाभित्रै प्रदेशका अदालत तथा बारलाई प्रदेश सरकारले निर्माण गरेको ऐन कानुन उपलब्ध गराउने जानकारी दिए । रासस













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया