पाकिस्तानले पायो सर्वोच्चमा पहिलो महिला न्यायाधीश

इस्लामाबाद । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् ।
बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो ।
सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।
















मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर
DoFE directs cyber centres, training centres to remove misleading announcements
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुदैन ः ट्रम्प
Price of gold rises
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया