काठमाडौंमा विशेष परिस्थितिबाहेक मापसे ‘चेकिङ’ नहुने
मेरोन्यूज
२०७८ माघ १० गते १४:१४

काठमाडौं । काठमाडौं उपत्यकामा विशेष परिस्थितीबाहेक मापद पदार्थ सेवन ‘मापसे’ परीक्षण रोकिएको छ । पछिल्लो समय उपत्यकामा संक्रमण बढ्दै गएको छ ।
संक्रमणको थप जोखिम बढ्नसक्ने भन्दै तत्कालका लागि मापसे परीक्षण रोकिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले उपत्यकामा कार्यरत ७० भन्दाबढी ट्राफिक प्रहरीमा समेत कोरोना संक्रमण देखिएको जानकारी दिए ।
‘जोखिम बढेकाले पहिलेजस्तो हुँदैन तर मापसे जाँचै नगर्ने भन्ने होइन ’ उनलेभने,‘ सुरक्षा जोखिम देखिएमा भने जाँच हुन्छ । ’
पछिल्लो समय यातायतमा लागु भएको जोर–बिजोर प्रणालीमा पनि निगरानी गरिरहेको उनले बताए । उनले नियम उल्ङ्घन गर्नेलाई जरिबानाभन्दा पनि सम्झाई बुझाई छाड्ने गरेको बताए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया