वर्षमान पुन स्वास्थ्यलाभ गरी स्वदेश फर्किए

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई लिन नेता नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ता पुगेका थिए ।
करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेता पुन सोमवार नेपाल फर्किएका हुन् ।
हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गाे विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका हुन् ।
क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।
नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया