साना दलभित्रको कचिंगल
जसपा र लोसपाभित्र फेरि पनि रडाको !
उपेन्द्र-बाबुरामवीच शक्ति संर्घष, महन्थ र राजेन्द्रवीच पनि बोलचालै बन्द

काठमाडौं । मधेस केन्द्रीत दुई दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आन्तरिक किचलो बढेको छ । मधेसमा सिके राउतको जनमत पार्टीले आफनो प्रचार अभियानलाइ आक्रामक बनाउँदै लगेका बेला मधेसका दुई क्षेत्रीय दलमा भने कचिंगल चर्काे वन्न पुगेको छ ।
जसपामा अध्यक्ष उपेन्द्र यादवले आफुखुसी निर्णय लिन थालेको र पार्टीभित्रको सामुहिकतालाई वेवास्ता गरेर अगाडी वढ्न खोजेको भन्दै विवाद चुलिएको छ । उनले प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रीपरिषद्मा पार्टीका तर्फबाट पठाएका मन्त्री देखि राष्टिय सभा चुनावमा उम्मेदवार छान्ने र गठबन्धन दलसाग सिट वाँडफाँडसम्ममा पनि मनलाग्दी गरेको भन्दै नेताहरुका वीचमै असन्तुष्टि चर्केको छ ।
असन्तुष्टिका वीच वावुराम भटटराइृ र उपेन्द्र यादवको वीचको सम्वन्धमा दरार पैदा भएको छ । अर्का नेता अशोक राई अहिले दुवै पक्षको तानातानमा पर्न थालेका छन् । ३५ सदस्यीय कार्यकारिणी समितिमा अहिले वहुमतको खेल शुरु भएको एक जसपाका नेताले बताए ।
जसपाभित्रको समिकरण पनि रोचक ढंगले अगाडी वढेको छ । हालसम्म यादवनिकट भनिएका कार्यकारिणी सदस्य महेन्द्रराय यादव, रामनरेश राय यादव, रमेश यादव र इस्तियाक राइ अहिले क्रमशः बाबुराम भट्टराईको पक्षमा खुल्दै जान थालेका बाबुराम निकट नेताहरु बताउँछन् । चार जनाले साथ दिए समितिमा भट्टराईको पक्षमा १३ जना सदस्य हुनेछन् ।
चार जनाले क्याम्प बदले भने पनि यादवको पक्षमा हालसम्म प्रष्ट रूपमा १६ जना सदस्य देखिएका छन् । अशोक राइृको पक्षमा भने अहिले पनि ६ नेता रहेको बताइन्छ । उपेन्द्र बाबुराम विवादमा राइृ जता खुल्छन्, उतैको केन्द्रीय कार्यकारीणी समितिमा पल्लाभारी हुने अवस्था जसपाभित्र देखा परेको छ ।
डा बाबुराम भटटराइृ देउवा सरकारमा इस्तियाक राईलाईम न्त्री बनाएर पठाउन चाहान्थे । त्यस्तै लुम्बिनीवाट राष्टिय सभामा नवराज सुवेदीलाई उम्मेदवार बनाएर पठाउन चाहान्थे । तर उपेन्द्र यादवले डा भटटराईको यी दुवै योजनामा तगारो हाल्ने गरी एकपक्षिय निर्णय लिएपछि जसपाभित्रको विवादले उग्ररुप लिएको हो ।
यसले पार्टी नै फेरि विभाजनको दिशामा जान खोजेको त होइन ? भन्ने गरी वहस शुरु भएको छ ।
उता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा पनि उस्तै कचिंगल छ । दुई नेताले यो वीचमा पार्टी नै छोडिसकेका छन् । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोका वीचमा अहिले वोलचाल सम्म हुन छोडेको उक्त पार्टीका नेताहरुले वताउन थालेका छन् । यी दुवै पार्टी पहिले एकै थिए । तर एमाले अध्यक्ष केपी ओली र त्यसवेलाको ओली नेतृत्वको सरकार र उसले गरेका कामलाई हेर्ने दृष्टिकोणमा आएको अन्तरले यो पार्टीमा विभाजन आएको थियो ।
त्यसपछि वहुमत लिएर उपेन्द्रले जसपा कब्जा गरेका थिए । महन्थले एमाले छोडेर माधव नेपाल नेतृत्वको नकेपा एकीकृत समाजवादीलाई पार्टी खोल्न दिनका लागि देउवा सरकारले राजनीतिक दलसम्वनधी ऐनमा ल्याएको संसोधनको प्रस्तावका वेला महन्थलाई पनि लोसपा पार्टी खोल्नका लागि मौका मिलेको थियो ।
त्यसपछि महन्थ राजेन्द्रहरुले लोसपा पार्टी गठन गरेका थिए । तर पार्टी गठनको ४ महिना सम्म पनि यो पार्टीको एउटा पनि केन्द्रीय कार्याकारिणी समितिको बैठक बस्न सकेको छैन ।
महन्थ र राजेन्द्र वीचमा भने एकले अर्काेलाई पार्टी चलाउन नसकेको र नदिएको आरोप प्रत्यारोप शुरु भएको छ । निर्वाचन आयोगवाट पार्टी दर्ता पछि अध्यक्ष ठाकुरले पार्टीलाई गतिशिल बनाउन बैठक नै राख्न नचाहेको आरोप राजेन्द्र पक्षले लगाएको छ । तर महन्थ पक्षले राजेन्द्रले किचलो मात्र झिकिरहेकोले बैठक बस्न नसकिरहेको बताएको छ ।
दुइृ नेता को नेता बन्ने भन्ने संघर्ष चल्दा अहिले बोलचाल समेत बन्द हुन थालेको लोसपाका एक नेताले बताए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया