हात्तीको गोबरसहित विवेकशील साझाको विरोध प्रदर्शन

चितवन । सरकारी लापरबाहीका कारण दुर्लभ एकसिंगे गैंडाको मृत्यु भएको भन्दै विवेकशील साझाले मंगलबार भरतपुर महानगरपालिकाको मूख्य गेटमा हात्तीको गोबरसहित विरोध प्रदर्शन गरेको छ ।
विवेकशीलका नेता कार्यकर्ताले महानगरको गेटमा हात्तीको गोबर र ब्यानरसहित गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वन्यजन्तुको संरक्षणको माग गर्दै शान्तिपूर्ण रुपमा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले बताए ।
‘शान्तिपूर्ण प्रदर्शनमा आएर प्रहरीले हात हाल्ने र धकेल्ने काम ग¥यो । हामीले त्यसको प्रतिवाद ग¥यौँ र क्षेत्राधिकार बाहिर नजान आग्रह पनि ग¥यौँ’, उनले भने ।
प्रहरीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आफूहरूको शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको उनको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा आएर हात हाल्ने र धकेल्ने काम प्रहरीले गर्न नपाउने उनी बताउँछन् ।
विवेकशीलले ‘फ्रिडम फर अल, जस्टिस फर एनिमल्स’ र ‘विकास कार्यमा वन्यजन्तुको संरक्षण’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेको हो ।
प्रहरीको हस्तक्षेपका बीच विवेकशीलले महानगरकी उपमेयर पार्वती शाह ठकुरीलाई ज्ञापनपत्र बुझाएको छ । लापरबाहीका कारण दुर्लभ वन्यजन्तुको मृत्यु हुनु दुखद् भएको बताउँदै ठकुरीले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
चितवन राष्ट्रिय निकुञ्जले पनि सडक निर्माणकर्ताको लापरबाहीकै कारण गैंडा मरेको बताएको छ । गैंडा मरेको स्थान निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएको र त्यहाँ भौतिक संरचना निर्माण गर्दा निकुञ्जको स्वीकृति र अनुमति केही नलिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताएका छन् ।
गैंडा मर्नुमा सडक डिभिजन र ठेकेदार दुवैको लापरबाही रहेको निकुञ्जले औँल्याएको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया