शुक्रबार, पुष ११, २०८२

सिटामोल प्रबन्ध गर्न सर्वोच्चको अन्तरिम आदेश

मेरोन्यूज २०७८ माघ ११ गते १९:१६

काठमाडौं । सर्वोच्च अदालतले सिटामोलको प्रबन्ध गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार सिटामोलको उपलब्धता सहज गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन आदेश गरिएको छ ।

टीकाबहादुर कुँवरलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ गर्दै सिटामोलको प्रबन्ध गर्न आदेश जारी भएको हो ।

आदेशले दुवै पक्षलाई माघ १७ गते छलफलको लागिसमेत बोलाएको छ ।

प्रतिक्रिया