राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गर्ने विवेकशील साझा पार्टीको निर्णय
मेरोन्यूज
२०७८ माघ ११ गते २१:०७

काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि बुधबार हुन लागेको निर्वाचन विवेकशील साझा पार्टीले बहिष्कार गर्ने भएको छ ।
बाग्मति प्रदेशमा मात्रै प्रतिनिधित्व रहेको विवेकशील साझा पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
विवेकशील साझा पार्टी, बागमती प्रदेशसभा संसदीय दलको बैठकले बुधबार हुँदै गरेको राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।
विवेकशील साझा पार्टी, बागमती प्रदेश सभा संसदीय दलको बैठकले पार्टीको तर्फबाट उम्मेदवारी नरहेको तथा प्रदेशबाट प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूबाट राष्ट्रिय सभामा आफूहरूले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकाले निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको जनाएको छ ।
निर्वाचनको अघिल्लो दिन विवेकशील साझाले सर्वोच्चको आदेश अनुसार नो भोटको व्यवस्था गरिनुपर्ने माग पनि अघि सारेको छ ।
सम्बन्धित











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया