निरन्तर घट्दो क्रममा शेयर बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबारमा पनि भारी गिरावट आएको छ ।
यो साता पनि निरन्तर शेयर घटिरहेको छ । आज नेप्से ३८.४५ अंकले घटेर दुई हजार ७ सय ७६ दशमलव ६१ विन्दुमा रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार पनि नेप्से ५.९२ अंकले घटेर दुई हजार ८ सय १४ दशमलब ७४ विन्दुमा थियो ।
मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख बराबर कारोबार भएको नेप्से बुधबार ४ अर्ब ३१ करोड ३१ लाख बराबरको मात्रै कारोबार भएको छ ।
केही दिनदेखि दुई कम्पनी लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य भने बढिरहेको छ ।
बुधबार पनि वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर प्रतिकित्ता १२१६.६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, पोखरा फाइनान्सको शेयरमूल्यमा भने सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
बुधबार अपी पावर कम्पनीको कारोबार भने बढेर १६ करोड ७७ लाख भन्दा बढी पुगेको छ ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया