गण्डकीमा राप्रपाकी बरूवालले पनि भोट हालिन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबारको राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा मात्रै भाग लिने निर्णय गरे पनि गण्डकीमा राप्रपा प्रतिनिधिले मतदानमा भाग लिएकी छन् ।
म्याग्दीको बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरूवालले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेकी हुन् ।
मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान नगर्न आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको थियो ।
राप्रपा नेतृ तथा म्याग्दी बेनी नगरपालिककी उपमेयर बरुवालले बुधबार पोखरास्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । उनले आफूलाई भोट नहाल्न पार्टीबाट कुनै निर्देशन नआएको बताएकी छन् ।
गण्डकी प्रदेशकै राप्रपाका अन्य मतदाताले भने निर्वाचन बहिष्कार गरेका छन् ।
म्याग्दीको लो–घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट र बागलुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का पनि राप्रपाबाट निर्वाचित हुन् । उनीहरु भने निर्वाचनमा अनुपस्थित रहेका थिए ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया