शनिबार, पुष १२, २०८२

सशस्त्रमा एआईजीको दरबन्दी थप्न अर्थको सहमति

मेरोन्यूज २०७८ माघ १२ गते १५:५७

काठमाडौं । सशस्त्र प्रहरी बलमा एआईजीको दरबन्दी बढाउन अर्थमन्त्रालयले सहमति दिएको छ ।

सशस्त्र प्रहरी बलको दरबन्दी २ बाट बढाएर ३ बनाउने प्रक्रिया अघि बढेको छ । दरबन्दी बढाउनेबारे सशस्त्र मुख्यालयबाट गृह मन्त्रालयमा आएको प्रस्ताव गृह मन्त्रालयले सैद्धान्तिक सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको थियो । गृहको उक्त प्रस्तावमा अर्थले सहमति जनाइसकेको स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्रालयको सहमतिको पत्र गृह मन्त्रालयमा पुगिसकेको छ ।

गृहमन्त्रालयका सहसचिव फणिन्द्र पोखरेलले अर्थको सो सम्बन्धि प्रस्ताव हेरिरहेका छन् ।

सशस्त्रमा हाल प्रशासन तथा मानव स्रोत विभाग र कार्य तथा सीमा सुरक्षा विभाग गरी दुई पद रहेकोमा कार्य विभाग र सीमा विभाग फुटाएर दुई एआईजीको दबरन्दी बढाउन लागिएको हो ।

यो पनि पढ्नुस्

सशस्त्रमा दुई डीआईजीलाई बढुवा गर्न एआइजी दरवन्दी थप गर्ने प्रयास

प्रतिक्रिया