बिहीबार, माघ १, २०८२

राष्ट्रियसभा निर्वाचन

माओवादीका पार्की राष्ट्रियसभा सदस्य निर्वाचित

मेरोन्यूज २०७८ माघ १२ गते १७:१६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का जगत पार्की राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिमबाट गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका पार्की ३ हजार ७ सय ६२ मतभार प्राप्त गरी विजयी भएका हुन् ।

पार्कीले प्रदेशसभा सदस्यतर्फबाट ५२ मत खसेकोमा ३९ मत तथा स्थानीय तहतर्फ १७५ मत खसेकोमा १०५ मत पाए ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश बिकले १७८२ मतभार पाए ।

सुदूरपश्चिमबाट गठबन्धनकै अर्की उम्मेदवार गरिमा शाहले महिलातर्फ राष्ट्रियसभा सदस्य निर्वाचित भइन् ।

प्रतिक्रिया