सुदूरपश्चिमका राज्यमन्त्री बोहराका पीएसओ मृत फेला
मेरोन्यूज
२०७८ माघ १२ गते २०:४४

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पीएसओ प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका छन् ।
सन्चै नभएको भन्दै धनगढी विशालनगर घर गएका उनी घरमै मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशी अनुसार कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा मृत फेला परेका हुन् ।
बच्चासहित श्रीमती विहेमा गएकाबेला उनी घरमा एक्लै थिए ।
‘बच्चासहित श्रीमती आफन्तको विहेमा बाहिर गएका बेला उनी दुई दिनदेखि घरमा एक्कलै थिए,’ उनले भने, ‘एकदिन अघि श्रीमतीको फोन सम्पर्कमै रहेका उनी बुधबार विहान फोन अफ देखिएपछि घरमा फर्किँदा उनी मृत फेला परेका हुन् ।’
डीएसपी जोशीका अनुसार उनी टाउको दुखेको र ज्वरो आएको भन्दै घर गएका थिए । घटनास्थलको प्रक्रिया पुर्याएर पोष्टमार्टम गरिने उनले बताए ।
सम्बन्धित
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया