डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

लमजुङ । डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएकोे छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् ।
४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले वन रक्षकको सबैभन्दा बढी अभाव रहेको बताए ।
उनका अनुसार २७ जना वन रक्षकको दरबन्दी रहे पनि १७ जनाको पद रिक्त छ । ३ सहायक वन अधिकृत, एक खरिददार र एक फरेष्टरसहित २२ जना कर्मचारीको पद रिक्त रहेको छ। डिभिजन वन कार्यालय मातहतका जिल्लाका सवडिभिजन कार्यालयले कर्मचारी अभावका कारण काम गर्न निकै समस्या उनले जानकारी दिए ।
एक सहायक वन अधिकृतले तीन वटा सम्म पालिका तथा दुई सव डिभिजन कार्यालय हेर्नुपर्ने बाध्यता रहेकाले दैनिक कार्यसम्पादनमा निकै समस्या भएको सुवेदीको भनाइ छ ।
आठ वटा स्थानीय तह रहेको लमजुङमा प्रत्येक पालिकामा एक सबडिभिजन कार्यालय हुनुपर्नेमा दुई पालिका हेर्ने गरी एक सवडिभिजन कार्यालय मात्र छ । ती कार्यालयमा पनि दरबन्दी अनुसार कर्मचारी नहँदा अन्य कर्मचारीलाई मार पर्ने गरेको छ ।
लमजुङमा कुल भूभागमध्ये ६७ हजार ७ सय ३४ हेक्टर क्षेत्रफलमा वन क्षेत्रले ओगटेको छ । कुल वन क्षेत्रको करिव २८ प्रतिशत अर्थात १८ हजार ८ सय ५० हेक्टर वन क्षेत्र एक्यापको क्षेत्रभित्र पर्ने कार्यालयका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा १ धार्मिक वन सहित ३ सय ४१ सामुदायिक वन उपभोक्त समूह र १ सय ७३ कवुलिययती वन समूह रहेका छन् ।
















युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
बाँकेमा ५ शय्याको आधारभूत अस्पताल सञ्चालन
अविश्वासबीच इस्लामाबादमा अमेरिका–इरान वार्ता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया