सर्लाहीमा ट्याक्टर र बस ठोक्कियो, दुई दर्जन यात्रु घाइते

सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्याक्टर र बस ठोक्किएको छ । उखु बोकेको ट्याक्टरमा यात्रुबाहक बस ठोक्किँएको हो । घटनामा परी बसमा यात्रा गरिरहेका दुई दर्जन यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उद्दारमा पुगेको प्रहरी टोलीले जनाएको छ ।
बिहीबार राति भैरहवाबाट विराटनगर जाँदै गरेको लु २ ख ४७५७ नम्बरको बस दुर्घटनामा परेको हो । हरिवन ९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्याक्टरमा बसले ठक्कर दिएको इलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बस ट्याक्टरमा ठोक्किएको आँकलन गरिएको छ।
घाइतेमध्ये एक पुरुष र एक महिलाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारको लागि विरगन्ज रिफर गरिएको प्रहरीले जनाएको हो । बस चालकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालकको पहिचान हुन सकेको छैन ।
















सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ
सार्क विकास प्रतिवेदनमा साझा सहमति
राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
प्रतिक्रिया