आजदेखि सार्वजनिक यातायातमा जोर बिजोर हट्यो

काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटेको छ । सार्वजनिक यातायातका सवारी साधनमा जोरबिजोर हटाए पनि निजी सवारी साधन र ट्याक्सीमा भने जोर बिजोर प्रणाली कायमै राखिएको छ ।
उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्य विधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ । विश्व विद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ ।
कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारी साधनमा जोर बिजोर कायम गरिएको थियो । पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्व विद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन् ।
यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो ।











आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु
आज कुन विदेशि मुद्राकाे विनिमयदर कति ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया