बेनी नगरपालिकाको तीन वडा कार्यालय भवन निमार्ण
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिकाले तीन वटा वडाको कार्यालय भवन निर्माण गरेको छ । बेनीमा वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको हो । नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए ।
पात्लेखेत र वाखेत गाउँको सिमानामा रु। २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको थियो । बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो ।
सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु।आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर यसै महिनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको वडा अध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।
नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु। एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । क्याम्पसचोकका वासिन्दाले रु। २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए ।
अधिग्रहण भएको घरको भुइतला मुनी भूमिगत नाला बनाएर बाढी ब्यवस्थापन गर्ने बनाइएको छ । भुइतलाको सटरसहित तीन वटा कोठा भाडामा लगाउन मासिक न्युनतम ३० हजार भाडा कायम गरेर प्रस्ताव आव्हान गरेको छ ।
पहिलो तलाको तीन वटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुननिर्माण गरेर कार्यालय स्थापना गर्न दश लाख खर्च भएको वडा अध्यक्ष बराइलीले जानकारी दिए । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको छ ।
आर्थिक वर्ष २०७६–७७ मा अर्थुङ्गेमा शुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्यलाई पुर्णता दिन चालु आर्थिक वर्षमा बिनियोजन भएको बीस लाख बजेटको काम गर्न ठेक्का लागेको इञ्जिनियर विमलरञ्जन कार्कीले बताए । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयहरुका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया