सिडिओलाई गृहमन्त्रीको प्रश्न : शान्ति सुरक्षा र कोभिडको काम के हुँदैछ ?

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग टेलिफोन वार्ता गरेका छन् । कोभिड–१९ संक्रमण, शित लहरको अवस्था र सरकारले गरिब तथा अशक्तलाई बचाउन न्यानो कपडा र दाउरा वितरणबारे सिडिओसँग वार्ता गरेका हुन् ।
शनिबार बिहान गृहमन्त्री खाँणले सिडिओहरू मनाङका रविन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका थिए । त्यस्तै, मुगुका रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुंगाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका विरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग पनि वार्ता गरेका छन् ।
मन्त्री खाँणले सिन्धुपाल्चोकका बेदनिधी खनाल, इलामका माधवप्रसाद ढुंगाना, रसुवाका नवराज जैशी, म्याग्दीका चिरनजीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिए ।
उनले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शित लहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका थिए । सरकारले गत मंसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयन भयो भनेर मन्त्री खाँण प्रश्न गरे ।
ओखलढुंगाका सिडिओ तामाङले गृह मन्त्रीले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शित लहरबारे जानकारी लिनुभयो,’ उनले भने ।
त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिए । इलामका प्रजिअ ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए ।
गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैशीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको जानकारी दिए ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
‘बहुपक्षीयताप्रति नेपाल प्रतिबद्ध छ’
‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया