राफेल नाडाललाई कीर्तिमानी ग्रान्डस्लामको उपाधि

काठमाडौं । राफेल नाडालले अस्ट्रेलियन ओपनको फाइनलमा आइतबार ड्यानियल मेड्भेडेभलाई २–६ ६–७ (५–७) ६–४ ६–४ ७–५ को नतिजामा पराजित गर्दै कीर्तिमानी २१औं ग्रान्डस्लाम जितेका छन् ।
मेलबर्न पार्कमा आइतबार भएको फाइनलको सुरुआती दुई सेट गुमाएका नाडालले त्यसपछिका लगातार तीन सेट जित्दै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बने ।
सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गरेका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जितेका थिए । यसपालीसहित दोस्रो पटक अस्ट्रेलियन ओपन च्याम्पियन बनेका नाडालले यसअघि २००९ मा वर्षको पहिलो ग्रान्डस्लाम जितेका थिए ।
यो उपाधिसँगै टेनिसमा सर्वाधिक ग्रान्डस्लाम जित्ने एक मात्र खेलाडी बनेका छन् । यसअघि यो कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालको नाममा थियो । तीनै खेलाडीले २०÷२० पटक ग्रान्डस्लाम उपाधि जितेका थिए ।








एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया