आन्दोलनरत किसानहरुको माग पूरा गर्न मधेशी आयोगको आग्रह

काठमाडौं । मधेशी आयोगले केही समय यता तराई–मधेशका किसान आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन तीनै तहको सरकारलाई अपिल गरेको छ ।
त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।
आयोगले किसानहरुको आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनरत पक्षलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।












एमालेको सचिवालय बैठक सुरु
सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण
एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट
डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैंकको समर्थन
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
प्रतिक्रिया