लोकसेवा आयोगमा पदाधिकारी बन्न दौड सुरु

काठमाडौं। लोकसेवा आयोगको रिक्त रहेको अध्यक्ष तथा ६ सदस्यीय पदमा नियुक्तिका लागि बहालवाला र पूर्वप्रशासकहरूको दौडधूप सुरु भएको छ ।
मङ्गलबार छ बर्षे पदावधि सकिएपछि अध्यक्ष उमेशप्रसाद मैनालीसँगै आयोगका चारजना सदस्यको विदाइ भएको थियो ।
त्यसअघि नै आयोगका दुईजना सदस्य भने उमेर हदका कारण अवकाशमा गएका थिए ।
यसरी रिक्त रहेको पदहरूमा बहालवाला र पूर्वप्रशासकहरूको दौडधूप सुरु भएको हो ।
बहालवाला अर्थसचिव शिषिर ढुंगाना, रक्षा सचिव रेश्मीराज पाण्डे देखि पूर्वसचिव पूर्णचन्द्र भट्टराई, केदारवहादुर अधिकारी, चन्द्र घिमिरे, राजन खनाल, नहिन्द्रप्रसाद उपाध्याय लगायतले आयोगको पदाधिकारीका लागि प्रधानमन्त्री, आफू निकट नेता र मन्त्रीहरूसँग ‘लबिङ’ सुरु गरेको कर्मचारी वृत्तमा चर्चा छ ।
अर्थसचिव ढुंगाना र पूर्व अर्थसचिव खनाल वीच आयोगको अध्यक्ष वन्न तिव्र प्रतिस्पर्धा देखिएको छ ।
संवैधानिक निकायका आयोगको अध्यक्ष सहित पदाधिकारीको पदावधि छ वर्ष हुन्छ । त्यहीभएर बहालवाला नै भए पनि सचिवहरूले यो पदलाई आकर्षक पदका रूपमा लिने गरेका छन् ।









नेपालमै पहिलो हरियाली अग्रसर दिगोपना उन्मुख ‘करेन्ट नुडल्स’, यशोदा फुड्सले गर्यो सोलार प्रणाली जडान
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाय: सर्वेक्षण
नागढुङ्गा–मलेखु सडक खण्ड एक साताको लागि आंशिक बन्द हुने
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया