१० वर्षे पुरानो गीत ‘फूल बुट्टे सारी’अहिले कसरी भयो भाइरल

काठमाडौं। । नेपाली साङ्गितिक क्षेत्रमा नयाँ आयाम कायम गर्न सफल गीत ”फूल बुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको”ले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि सफलता हासिल गरिरहेको छ । एक दशक अगाडि राजन राज सिवाकोटीको शब्द संरचना र मार्मिक लामाको स्वरमा र्सिजित यस गीतले दर्शकको माया बटुल्न नसके पनि हालको समयमा बालक, वैश्यक देखि लिएर वृद्घवृद्घा सम्मको ध्यान खिच्न सफल भएको छ । कोरोनाले आक्रान्त पारेको अवस्थामा, मनलाई थोरै शान्त पारी सङ्गितिक रङ्ग भरिदिने काम सो गीतले गरेको थियो ।
२०१७ अप्रिल महिनामा युवा गायक प्रतिक गुरुङ्गले यस गीतको कभर गाएका थिए र कोरोनाको समयमा विभिन्न सामाजिक संजाल जस्तै फेसबुक, इन्सटाग्राम, टिकटकमा भाइरल हुन पुगेको थियो । अहिले यो गीत अर्जिनल, पुरुष, महिला र लिजेन्डरी गरी चार वटा र्भसनमा उपलब्ध छ । हालै एक युगाान्डेली गायिका दे क्चाप्टेन वियोन्स फमासीले नेपाली जनतालाई सर्मपण गरी सो गीतको कभर गाएकी छिन् ।
विश्व भरी उनको कभर दुई लाख मानिसले हेरेका छन् भने राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् । आजको दिन सम्म सबै र्भसन गरी करिब ७ करोड भन्दा धेरैले यो गीत हेरेका छन् र स्पोटिफाई लगायतका माध्यम मार्फत यो गीत देश विदेशमा सुनिरहेका छन् । यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तहल्का मच्याउन सफल यो पहिलो नेपाली गीत हो । नेपाली सांगितिक क्षेत्रमा बढ्दै गएको युवा वर्गको आकर्षणले नेपाली कला, संगितलाई विश्व सामु चिनाउन सघाइरहेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया