१० वर्षे पुरानो गीत ‘फूल बुट्टे सारी’अहिले कसरी भयो भाइरल

काठमाडौं। । नेपाली साङ्गितिक क्षेत्रमा नयाँ आयाम कायम गर्न सफल गीत ”फूल बुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको”ले राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि सफलता हासिल गरिरहेको छ । एक दशक अगाडि राजन राज सिवाकोटीको शब्द संरचना र मार्मिक लामाको स्वरमा र्सिजित यस गीतले दर्शकको माया बटुल्न नसके पनि हालको समयमा बालक, वैश्यक देखि लिएर वृद्घवृद्घा सम्मको ध्यान खिच्न सफल भएको छ । कोरोनाले आक्रान्त पारेको अवस्थामा, मनलाई थोरै शान्त पारी सङ्गितिक रङ्ग भरिदिने काम सो गीतले गरेको थियो ।
२०१७ अप्रिल महिनामा युवा गायक प्रतिक गुरुङ्गले यस गीतको कभर गाएका थिए र कोरोनाको समयमा विभिन्न सामाजिक संजाल जस्तै फेसबुक, इन्सटाग्राम, टिकटकमा भाइरल हुन पुगेको थियो । अहिले यो गीत अर्जिनल, पुरुष, महिला र लिजेन्डरी गरी चार वटा र्भसनमा उपलब्ध छ । हालै एक युगाान्डेली गायिका दे क्चाप्टेन वियोन्स फमासीले नेपाली जनतालाई सर्मपण गरी सो गीतको कभर गाएकी छिन् ।
विश्व भरी उनको कभर दुई लाख मानिसले हेरेका छन् भने राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् । आजको दिन सम्म सबै र्भसन गरी करिब ७ करोड भन्दा धेरैले यो गीत हेरेका छन् र स्पोटिफाई लगायतका माध्यम मार्फत यो गीत देश विदेशमा सुनिरहेका छन् । यसरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तहल्का मच्याउन सफल यो पहिलो नेपाली गीत हो । नेपाली सांगितिक क्षेत्रमा बढ्दै गएको युवा वर्गको आकर्षणले नेपाली कला, संगितलाई विश्व सामु चिनाउन सघाइरहेको छ ।













विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
बाँकेका थारू बस्तीमा माघीको चहलपहल
55 days to elections: Political parties can obtain details of voters across country
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया