द्विपक्षीय आर्थिक सम्बन्ध विस्तारबारे छलफल

काठमाडाैं । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहित पदाधिकारीबीच द्विपक्षीय आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ ।
त्यस अवसरमा अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जानकारी दिँदै नेपाली उद्योगी व्यवसायी पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताए ।
उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडिबुटी, खनिज पदार्थ उत्खननलगायत क्षेत्रमा पाकिस्तानी लगानीकर्तालाई अभिप्रेरित गर्न आग्रह गरे । चीनले नेपाललाई आठ हजार वस्तुमा दिएको भन्सार सुविधाका कारण नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले पाकिस्तानी लगानीको अपेक्षा नेपालले गरेको उनले बताए ।
पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहिरहेको बताउँदै राजदूत शाहले चेम्बरजस्ता निजी क्षेत्रका संस्थाले पारस्परिक व्यापार अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने विचार व्यक्त गरे। उनले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रबारे चासो देखाएका थिए ।
















सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया