बयस्कमा भन्दा बालबालिकामा कोभिडविरुद्ध एन्टिबडी बढी मजबुत हुने – अध्ययन

काठमाडौं । बालबालिकाहरुमा कोरोना भाइरसविरुद्धको एन्टिबडी प्रतिक्रिया बयस्क भन्दा बढी मजबुत हुने देखिएको छ । एक अध्ययनअनुसार १० वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा एन्टिबडी बढी मजबुत देखिएको हो । जामा (जेएएमए) नेटवर्क ओपन जर्नलमा प्रकाशित सो अध्ययनले बच्चाहरूमा कोभिड संक्रमण कम हुनुका कारण र संक्रमण भएपनि गम्भीर अवस्था नुहने देखाएको छ ।
सो अध्ययनमा ३२ हजारलाई सामेल गरिएको थियो । जसमध्ये १ हजार २ सय १० वर्षभन्दा मुनिका बालबालिका र ३० हजार बयस्क मानिसमा पहिले संक्रमण भएको देखिएको थियो । अध्ययनकर्ताहरूले पछि छुट्टाछुट्टै समूहमा अध्ययन गर्दा ८५ जना बच्चाहरू र ३ हजार ६ सय ४८ बयस्कमा एन्टिबडीलाई निष्क्रिय बनाउने इम्युनोग्लोब्युलिन जी रहेको देखिएको थियो ।
बच्चाहरूमा प्रतिरोधात्मक प्रतिक्रिया बयस्कमा भन्दा राम्रो हुने भएकाले उनीहरूमा कोरोना संक्रमण कम हुने समेत उक्त अध्ययनले देखाएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया