कोरोनाले सर्यो ‘बन्टी और बबली २’ को रिलिज

मुम्बई । ुभारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउड फिल्म इन्डस्ट्री फेरि एकपटक कोमा जानसक्ने खतरा बढेको छ । संक्रमण बढ्न थालेपछि प्रदर्शनका लागि तयारीमा रहेका फिल्महरु पछि सार्न थालिएका छन् । यसबीच, २३ अप्रिलमा रिलिजको तयारीमा रहेको सैफ अली खान र रानी मुखर्जी स्टारर फिल्म ‘बन्टी और बबली २’ को रिलिज अनिश्चितकालका लागि रोकिएको छ ।
रानी मुखर्जी, सैफ अलि खान, सिद्धान्त चर्तुवेदी, शरवरी वाघ अभिनित उक्त चलचित्र ’बन्टी और बबली २’ को शुटिङ्ग २०२० मार्चमै सक्किएको थियो । २०२० जून २६मा फिल्म रिलिज हुने भनिएता पनि बढ्दो कोभिड जोखिम र लकडाउनका कारण रिलिज हुन सकेको थिएन ।
यसअघि अभिनेत्री मुखर्जी र सैफ एकसाथ ‘हम तुम’, ‘ता रा रम पम’ र ‘थोडी प्यार थोडा म्याजिक’ जस्ता फिल्ममा देखिएका थिए। ‘‘बन्टी और बबली २’ वर्तमान अवस्थामा आधारित छ। यसको शानदार स्क्रिप्टले मलाई प्रभावित गरेको थियो। ११ वर्षपछि रानीसँग काम गर्न पाएको छु,’ अभिनेता खानले भने।













Shankharapur road accident: Death toll reaches five
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
तोलामा २ हजारले घट्यो सुन, आज कतिमा हुँदैछ काराेबार ?
कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया