कोरोनाले सर्यो ‘बन्टी और बबली २’ को रिलिज

मुम्बई । ुभारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउड फिल्म इन्डस्ट्री फेरि एकपटक कोमा जानसक्ने खतरा बढेको छ । संक्रमण बढ्न थालेपछि प्रदर्शनका लागि तयारीमा रहेका फिल्महरु पछि सार्न थालिएका छन् । यसबीच, २३ अप्रिलमा रिलिजको तयारीमा रहेको सैफ अली खान र रानी मुखर्जी स्टारर फिल्म ‘बन्टी और बबली २’ को रिलिज अनिश्चितकालका लागि रोकिएको छ ।
रानी मुखर्जी, सैफ अलि खान, सिद्धान्त चर्तुवेदी, शरवरी वाघ अभिनित उक्त चलचित्र ’बन्टी और बबली २’ को शुटिङ्ग २०२० मार्चमै सक्किएको थियो । २०२० जून २६मा फिल्म रिलिज हुने भनिएता पनि बढ्दो कोभिड जोखिम र लकडाउनका कारण रिलिज हुन सकेको थिएन ।
यसअघि अभिनेत्री मुखर्जी र सैफ एकसाथ ‘हम तुम’, ‘ता रा रम पम’ र ‘थोडी प्यार थोडा म्याजिक’ जस्ता फिल्ममा देखिएका थिए। ‘‘बन्टी और बबली २’ वर्तमान अवस्थामा आधारित छ। यसको शानदार स्क्रिप्टले मलाई प्रभावित गरेको थियो। ११ वर्षपछि रानीसँग काम गर्न पाएको छु,’ अभिनेता खानले भने।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया