वर्तमान सरकार अधिनायवादउन्मुख भयो –कांग्रेस नेता सिंह

सिराहा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायवादउन्मुख भएको आरोप लगाएका छन् । शुक्रबार सिराहा पुगेका नेता सिंहले
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको फोटो र भिडियो मोबाइलबाट खिच्न नपाउने भन्ने विषयको समाचारले केपी ओलीमा तानाशाहको चरित्र दखिँदे गएको आरोप लगाएका हुन् ।
यसैगरी,फरक मत राख्ने एमालेभित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बस्नु नै अहिलेको परिस्थितिको सिर्जना भएको उनको भनाइ छ ।
अर्को प्रसंगमा उनले जसपाले नैतिकहीन सरकारसँग माग पूरा गर भन्नु गलत भएको भन्दै सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने अनि असहज परिस्थितिमा अड्को थाप्ने काम गरेको आरोप लगाए ।
हिजो आफ्नै पार्टीका मन्त्री हुँदा मुद्दामा ध्यान दिएको खै भन्दै प्रश्न गरे । उनले अड्को थापेरभन्दा ओलीलाई बिदाइ गरेर सहज बाटो खोज्न जसपालाई आग्रह गरे । जुन दिन माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता हुन्छ त्यही दिनबाट नयाँ सरकारको गठन प्रक्रिया अघि बढ्ने उनले बताए ।

















कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि
कञ्चनपुर २ मा रास्वपाका दीपक बोहरा विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
प्रतिक्रिया