वर्तमान सरकार अधिनायवादउन्मुख भयो –कांग्रेस नेता सिंह

सिराहा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार अधिनायवादउन्मुख भएको आरोप लगाएका छन् । शुक्रबार सिराहा पुगेका नेता सिंहले
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको फोटो र भिडियो मोबाइलबाट खिच्न नपाउने भन्ने विषयको समाचारले केपी ओलीमा तानाशाहको चरित्र दखिँदे गएको आरोप लगाएका हुन् ।
यसैगरी,फरक मत राख्ने एमालेभित्रको एउटा समूह र माओवादी केन्द्र सुरुका दिनमा मौन बस्नु नै अहिलेको परिस्थितिको सिर्जना भएको उनको भनाइ छ ।
अर्को प्रसंगमा उनले जसपाले नैतिकहीन सरकारसँग माग पूरा गर भन्नु गलत भएको भन्दै सही समयमा आफ्नो मुद्दा उठाउन नसक्ने अनि असहज परिस्थितिमा अड्को थाप्ने काम गरेको आरोप लगाए ।
हिजो आफ्नै पार्टीका मन्त्री हुँदा मुद्दामा ध्यान दिएको खै भन्दै प्रश्न गरे । उनले अड्को थापेरभन्दा ओलीलाई बिदाइ गरेर सहज बाटो खोज्न जसपालाई आग्रह गरे । जुन दिन माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता हुन्छ त्यही दिनबाट नयाँ सरकारको गठन प्रक्रिया अघि बढ्ने उनले बताए ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया