सङ्घीय गणतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य हो – वरिष्ठ नेता पौडेल
मेरोन्यूज
२०७७ चैत १३ गते १७:१७

मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपममा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन् । विराटनगर पुगेका वरिष्ठ नेता पौडेलले सञ्चारकर्मीसँगको कुराकानीमा उनले सङ्घीय गणतन्त्र र जनताको बलिदानबाट निर्माण गरिएको संविधान जोगाउनु नै अहिले महत्वपूर्ण कार्य रहेको बताएका हुन् ।
वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा संविधान र लोकतन्त्रलाई भत्काउने विभिन्न किसिमका षड्यन्त्र भइरहेकाले त्यसबाट मुलुकलाई जोगाउन सबै दललाई आग्रह गरे । नेता पौडेलले आफ्नो पार्टीबाट वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउँदै अहिलेको अवस्थामा सत्तालाई प्राथमिकतामा नराखिएको स्पष्ट पारे ।
सम्बन्धित
















इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
संवैधानिक परिषद्को बैठक सुरु
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया