वायुमण्डलमा खराबी देखिएपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अहिलेको अवस्थामा घर बाहिर ननिस्कनू’
मेरोन्यूज
२०७७ चैत १३ गते १८:२२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसममा आएको खराबीले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै घर बाहिर नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै अचानक मौसममा आएको परिर्वतनले जनस्वास्थ्यमा विभिन्न समस्या देखिने भन्दै अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले वायुमण्डलमा देखिएको खराबीले श्वासप्रश्वासमा कठिनाइलगायत विभिन्न समस्या देखापर्ने हुँदा घरभित्र नै बस्न आग्रह गरे ।
उनले भने, ‘घरबाहिर खुल्लास्थानमा नबस्न, मर्निङवाक जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने अहिले अवस्थामा रोक्न, बिनाकाम घर बाहिर नजान, जानै परेमा मास्कको अनिवार्य प्रयोग गनुपर्छ ।’ उनले बालबालिका, दीर्घरोगी र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न सुझाए ।

सम्बन्धित


















वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
वर्षाका कारण नेपाल र यूएईबीचको खेल अवरुद्ध
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया