विध ल्याबको लोभ लाग्दो सफलता, निजी क्षेत्रमा सबैभन्दा धेरै कोरोना परीक्षणदेखि ‘ए ग्रेड’ ल्याबसम्म

काठमाडाैं । ‘लामो समयदेखि मेरो छाती दुख्थ्यो । के भएको हो भन्ने पत्ता लगाउन नाम चलेका सबै अस्पताल र प्रयोगशाला चाहारेँ । पैसाको पनि उत्तिकै खर्च भयो । जहाँजहाँ परीक्षण गरेँ, त्यहाँ केही पनि पत्ता लागेन । समय र पैसा मात्रै खर्च भयो । दुखाई बीसको उन्नाइस भएन । नाम चलेका सबै अस्पतालले फरक फरक खालका परीक्षण गराए । परिवार पनि उत्तिकै पीडामा थिए । के भएको होला भनेर । रोगले भित्रभित्रै गालिरहेका कारण मलाई असाध्यै गाह्रो भइरहेको थियो ।’
यो पीडा नवलपरासीका सदीक्षा कँडेल (नाम परिवर्तन) हो । २८ वर्षीय ती महिलाको कुनै एक अस्पतालले ती महिलाको बायोप्सी गर्न विध ल्याबमा पठायो । ल्याबमा डा सुजन शर्माको टिमले परीक्षण गर्दा ती महिलालाई क्यान्सर भएको पत्ता लाग्यो । ती महिला हाल काठमाडौँको एक क्यान्सर अस्पतालमा उपचारत छिन् । उनको क्यान्सर दोस्रो चरणमा पुुगेको छ । पहिलो चरणमा नै भएको भए ती महिलाले कम खर्च गरेर बाँच्न सक्थिन् । दोस्रो चरणको क्यान्सर भएका कारण ती महिलाको उपचारको समय र लागतसमेत बढी पर्ने भएको छ ।
ती महिलाको क्यान्सर परीक्षण गर्न विध ल्याब सफल भएको छ । यसबाट नेपालमा नै सस्तो शुल्कमा सबै खालका रोगको परीक्षण गर्न सकिन्छ र सहज रुपमा उपचार गर्ने गराउने वातावरण समेत बनेको छ । परिवारमा कोहीकसैलाई असाधारण रोग लागेमा परिवारलाई कुन हदसम्मको पीडा हुन्छ भन्ने कुरा पर्नेलाई मात्रै थाहा हुन्छ । ती महिलालाई पनि यस्तै भयो ।
नेपालमा एकवर्ष अघिसम्म जटिल खालका स्वास्थ्य परीक्षण गर्ने स्तरीय प्रयोगशालाको अभाव थियो । बिरामीले लामो समय लगाएर मोटो पैसा खर्च गरेर विदेशी प्रयोगशालामा पठाउनुपर्दथ्यो । परीक्षण राम्रो भयो वा भएन भन्ने कुराको पनि कुनै जानकारी हुँदैनथ्यो । ‘स्वास्थ्य नै धन हो’ भन्ने बुुझ्दै गएका नेपालीका लागि पैसा र समय लगाएर गरिएको परीक्षण पनि राम्ररी भर गर्ने अवस्था थिएन ।
कोरोनाले गत वर्षदेखि नेपाललगायत संसारभर कै अर्थतन्त्र तहसनसह पार्याे । मानिसका दैनिक जीवन परिवर्तन भयो । तर, कोरोनाले सबै क्षेत्रमा नकारात्मक असर मात्रै पारेन । केही सकारात्मक असरसमेत पारेको छ । त्यही सकारात्मक असर मध्येको एक हो, नेपालमा पनि अन्तर्राष्ट्रिस्तरका प्रयोगशाला स्थापना भए । स्वास्थ्य क्षेत्रमा लगानी गर्ने संख्यामा वृद्धि भयो । नेपालबाट परीक्षणका लागि विदेशिने पैसा स्वदेशमा नै रहने अवस्था सिर्जना भएको छ ।

यो कोरोनाले ल्याएको नेपालका लागि सकारात्मक परिवर्तन हो । यही सकारात्मक हिस्साका रुपमा जोडिएको छ विध ल्याब । नेपालको पहिलो ‘ए ग्रेड’ प्रमाणपत्र प्राप्त विध ल्याबमा पछिल्ला दिनमा सबै खालका परीक्षण शुरु भएको छ । भारत लैजानुपर्ने असाध्यै जोखिमयुक्त रोगको प्रयोगशाला परीक्षण पनि विध ल्याबले शुरु गरेको छ । ‘यो नेपालको स्वास्थ्य क्षेत्रका लागि पनि असाध्यै ठूलो उपलब्धि हो’ विध ल्याबका इञ्चार्ज डा विनिता थापा भन्छिन् ।
नेपालमा नै सबै खालका रोगको परीक्षण गर्ने ध्येयका साथ पछिल्ला दिनमा विध ल्याब लागिपरेको छ । संसारभर सामान्यता सात हजार बढी परीक्षण हुने गरेका छन् । त्यसमध्ये नेपालमा करिब ६०० प्रकारका परीक्षण हुने गरेको छ । विध ल्याबमा स्थापना भएको प्रयोगशालामा झण्डै चार हजार बढी परीक्षण गर्ने तयारी गरिएको छ ।
परीक्षणका नाममा अरबौँ रकम विदेशीनबाट रोकियो
नेपालबाट वार्षिक झण्डै रु दुुई अर्ब बढीको परीक्षणका लागि भारत जाने गरेको छ । अमेरिका, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, सिंगापुरलगायत देशमा परीक्षणका लागि पठाउने गरिएको थियो । नेपालमा हालसम्म कुनै वंशाणुुगत रोग छ कि छैन, रोग प्रतिरोधात्मक क्षमता छ वा छैन, क्यान्सरको अवस्था के कस्तो छ भन्ने तथ्य पत्ता लगाउने प्रयोगशालासमेत थिएन । स्वास्थ्य क्षेत्रका जानकारका अनुसार नेपालमा दक्ष जनशक्ति एवम् प्रयोगशाला, उपकरणलगायतको अभावमा परीक्षणका लागि भारतलगायत देशमा पठाउनुुपर्ने बाध्यता थियो ।
‘हामीले यो विषम अवस्थालाई मध्यनजर गरेर नेपालमा नै सहज रुपमा प्रयोगशाला परीक्षण गर्ने ध्येयका साथ काम गरिरहेका छौँ । यसबाट नेपालीले आफ्नै देशमा सस्तो शुल्कमा थोरै समयमा नै सहज परीक्षण गर्न सक्ने गरी प्रयोगशाला स्थापना भएको छ’ डा थापाले भनिन् । विध ल्याबमा बालबच्चामा डाउन सिन्ड्रोम, छ कि छैन भन्ने समेत परीक्षण गरिन्छ ।
बिरामीले परीक्षणका लागि आफनो नमूना दिएपछि ‘रिपोर्ट कहिले आउला’ भनेर सोधिराख्नुपर्ने छैन । सबै विवरण अनलाइनमा नै उपलब्ध हुने गरी प्रणाली विकास गरिएको छ । त्यसका लागि एउटा ‘युजर आइडी’ र ‘पासवर्ड’ भएपछि इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानमा बसेर पनि आफ्नो ‘रिपोर्ट’ हेर्न सकिन्छ । ‘रिपोर्ट एक्सेस’ सम्बन्धित चिकित्सक तथा अस्पताललाई समेत हुने भएकाले बिरामीलाई सहज हुने छ ।

विध ल्याबले ‘अनलाइन एप्लिकेसन’ पनि सञ्चालनमा ल्याएको छ । यसले धेरै बिरामीलाई झण्झटिलो बनिरहेको कागजपत्रको भारी बोक्नुपर्ने समस्यादेखि सानो स्वास्थ्य परामर्श लिनसमेत अस्पताल धाउनुपर्नेसम्मको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास बढेको छ ।
जताततै लाइन मात्रै बस्नुुपर्ने झण्झटबाट मुक्त गराउनका लागि नेपालमा मात्रै नभएर विदेशमा समेत पछिल्लो दशकमा ‘डिजिटल हेल्थ वालेट’को विकास भएको पाइन्छ । पहिलो चरणमा कोरोना भाइरस संक्रमण भइसकेका र सम्भावित संक्रमितको सुविधाको लागि भनेर यो ‘वालेट’ तयार परिएको विध ल्याबका सञ्चालक भीम भण्डारीले बताए ।
यस्ता छन् सुविधा ?
विध ल्याबद्वारा तयार पारिएको सो ‘एप्लिकेसन’ले बिरामीको सुविधा, अस्पतालको सेवा र चिकित्सकको उपलब्धतालाई मुख्य प्राथमिकतामा राखेको छ । आफूलाई भएको स्वास्थ्य समस्या र त्यसको परामर्शको लागि झण्झट व्यहोरेर अस्पतालको ढोका ढक्ढकाउनुपर्ने बिरामीको बाध्यता अन्त्य गर्ने, चिकित्सक र अस्पताललाई पनि बिरामीको सानो समस्या हेर्नको लागि पनि अस्पताल पुग्नुपर्ने र पुराना उपचारको पूरा कागजपत्र नहुने समस्यालाई यो एप्लिकेसनले समाधान गर्न खोजेको विध ल्याबले जनाएको छ ।

यो एप्लिकेसनको सञ्जालमा एक पटक जोडिएपछि प्रयोगकर्ताले सोही युजरबाट एप्लिकेसनमा जोडिएका अस्पताल र चिकित्सकसँग नेपाल तथा विदेशमा हुँदा समेत ‘भिडियो कल’मार्फत् जुनसुकै बेला पनि परामर्श लिन सक्नेछन् । विध ल्याबसँग जोडिएका अस्पतालमा उपचार गराउँदा व्यक्तिको युजरभित्र रहेको प्लेटफार्ममा नै उसको सबै स्वास्थ्य परीक्षणका रिपोर्टहरू अस्पतालले राख्ने गर्छ । यसले गर्दा अर्काे अस्पतालमा गएर सोही किसिमको स्वास्थ्य परीक्षण गराउनुपर्ने बाध्यता र त्यो रिपोर्टको भारी बोकेर जानु पर्ने बाध्यता समेत हट्ने विश्वास विध ल्याबको छ ।
‘ए ग्रेड’ भन्दा कोरोना प्राथमिकतामा
विश्वमा कोरोना भाइरस शुरु हुनुभन्दा पहिले नै गुल्मीका भीम भण्डारी र उनको टिमले ‘ए ग्रेड’को ल्याब बनाउने योजनासहित सामान खरिदको प्रक्रिया अघि बढाएको थियो । तर उपकरण आयातमा ढिलाइ भयो । हुँदाहुँदै बीचैमा विश्वमा कोरोनाको महामारी शुरु भएसँगै उनीहरूको योजनाअनुसार सामान आउन रोकियो ।
गत चैत दोस्रो साता दोस्रो कोरोना संक्रमित भेटिएसँगै सरकारले देशव्यापी लकडाउनको आहृवान गर्याे । नेपालमा पनि कोरोनाले महामारीको रूप लिन सक्ने चेतावनी विज्ञहरूले दिइरहेका थिए । ‘ए ग्रेड’को ल्याबको योजना बोकेका भण्डारी र उनको टिम कोरोनाको सम्भावित महामारीलाई हेरेर पुरानो योजनालाई थाँती राखेर कोरोना भाइरस परीक्षण गर्न आवश्यक उपकरणको जोहो गर्नतिर जुट्यो । त्यही ‘ए ग्रेड’को ल्याब बनाउने योजना छाडेर कोरोनामा होमिएको ल्याबले हालसम्म निजी क्षेत्रमध्ये सबैभन्दा धेरै संख्यामा कोरोना परीक्षण गरेको छ । यस्तै ए ग्रेडको अनुमतिपत्र पाएर सेवा समेत शुरु गरिसकेको छ ।
विध ल्याबले पनि सरकारसँग ल्याब सञ्चालन एवं कोरोना परीक्षणको अनुमति गत जेठ २८ मा नै मागेको थियो । सरकारी ल्याबले धान्नै नसक्ने अवस्था भएपछि निजी ल्याबलाई समेत कोरोना परीक्षण गर्ने अनुमति दिन तीव्र दबाब बढिरहेको थियो । असार १३ गते स्वास्थ्य मन्त्रालयले ल्याब बनाउन अनुमति दियो र त्यसको ठीक एक महिनापछि साउनको १३ गते विध ल्याबलाई कोरोना परीक्षणको लागि अनुमति दियो । यस्तै विधले गत फागुन ५ गते ‘ए ग्रेड’को प्रयोगशालाको अनुमति समेत पायो ।
सुरुमा चार हजारको क्षमता रहेको ल्याबले अहिले क्षमता बढाएर दैनिक छ हजार वटासम्म स्वाब एक दिनमा परीक्षण गर्न सक्ने बनाएको छ । साउन १३ गतेदेखि कोरोना परीक्षणको अनुमति पाएको ल्याबले साउन १५ गतेदेखि प्रयोगशालामा औपचारिक कोरोना परीक्षण सुरु गरेको थियो । कोरोना परीक्षणको क्रममा नेगेटिभ रिपोर्ट आउँदा त सजिलै परीक्षणकर्तालाई त्यसको जानकारी दिइन्थ्यो तर पोजिटिभ रिपोर्ट आउँदा निजी ल्याबहरूले सुरुसुरुमा तीन/चार दिनसम्म रिपोर्टमा ढिलाइ गर्न थाले । यसको कारण थियो– ल्याबहरूको भ्यालिडेसनको समस्या ।

राष्ट्रिय स्वास्थ्य प्रयोगशाला टेकुले भ्यालिडेसनका लागि विभिन्न ल्याबमा समयसमयमा आफूले परीक्षण गरिसकेको स्वाब पठाउने गथ्र्याे । प्रयोगशालाबाट पठाएको स्वाबको रिपोर्ट निजीमा पनि एउटै आउनुपर्ने हुन्थ्यो । कुल नमुनामध्ये ९० प्रतिशतको नतिजा राष्ट्रिय प्रयोगशालासँग मिलेन भने प्रयोगशालाले सिधै पोजेटिभ रिपोर्ट दिने अनुमति दिएको थिएन । विधका सञ्चालक भण्डारी आफूहरूको अहिलेसम्म प्रयोगशालामा पठाएको र प्रयोगशालाबाट ल्याएकामध्ये शतप्रतिशत रिपोर्ट सरकारी प्रयोगशालासँग मिलेको दाबी गर्छन् ।
‘हाम्रो ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पहिलो पटक १०० प्रतिशत भ्यालिडेसनमा परेको ल्याब हो’, उनले भने, “त्यसैले पनि हामीले एकैदिनमा पोजेटिभ रिपोर्टसमेत दिन थाल्यौँ, यसले हाम्रो काममा झनै उत्प्रेरणा थप्दै गयो ।” नियमानुसार पोजिटिभ रिपोर्ट आएको खण्डमा पुनः परीक्षण गरेर त्यसलाई ‘भेरिफाइड’ गर्नुपर्थाे । आफूहरूले आठ घण्टामा नै दोहोरो परीक्षणसमेत सम्पन्न गरेर रिपोर्ट निकाल्ने गरेको उनको दाबी छ ।
उनका अनुसार ल्याबले पहिलो दिन गरेको परीक्षण नै राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा लैजाँदा शतप्रतिशत मिलेको थियो । यसको मुख्य कारण भनेको नै अनुभवी स्वास्थ्य समूह र उनीहरूको लगनशीलताका कारण सम्भव भएको भण्डारी बताउँछन् ।
‘हाम्रो मुख्य चुनौती भनेको नतिजालाई कसरी व्यवस्थापन गर्ने र स्वाब संकलन गरिसकेपछि झुक्किएर पनि एकअर्काको साँटिने नहोस् भन्ने थियो । त्यसको लागि हामीले एक पटकमा एउटा मात्रै भीटीएम राख्ने र स्वाब संकलनको क्रममा स्क्यान गरेको भीटीएमबाहेक अरू ल्याबले नै नस्वीकार्ने प्रविधिको विकास पनि गर्याे”, उनी भन्छन् ।
फाइदा मात्रै हेरेनौँ
सरकारले सुरुमा पीसीआर परीक्षणका लागि निजी ल्याबलाई अनुमति दिने समयमा प्रतिनमूना पाँच हजार ५०० रुपैयाँसम्म लिन पाउने भनेको थियो । त्यतिबेलै विध ल्याबले चार हजार रुपैयाँमा पीसीआर गर्ने गरेको भण्डारी बताउँछन् । “हामीले करिब २० दिन जति चार हजार रुपैयाँमा कोरोना परीक्षण गर्याैं, पछि अन्तर्राष्ट्रिय बजारमा पीसीआर किटको भाउ पनि सस्तिँदै गयो । महामारीको बेलामा धेरै फाइदाको पछि लाग्नु हुँदैन भनेर हामीले दुई हजार रुपैयाँमा नै कोरोना परीक्षण सुरु गर्याैं”, भण्डारीले भने ।
विधले जनशक्ति भर्ना गर्ने बेलामा नै यसअघि ल्याबमा काम गरिसकेका अनुभवीलाई प्राथमिकता दिएको थियो । जसले गर्दा पनि सुरुवाती समयमा समेत अपूर्णता र अशुद्धिको दोषबाट मुक्त बन्न सकिएको उनी बताउँछन् ।
पीसीआर परीक्षणको पहिलो एक साता विध ल्याबले पनि ‘एक्सल’मा नै परीक्षणकर्ताको विवरण तयार पार्ने गरेको थियो । तर पछि डाटा व्यवस्थापनमा समस्या आउने भएपछि एउटा छुट्टै सिस्टम तयार पारेर विवरण संकलन गर्न थालेको ल्याबले जनाएको छ । अहिले सुरुवातदेखि कति जनाले परीक्षण गरे ? कति जनाको दोहोरो परीक्षण भयो ? त्यसमध्ये कतिजनाको पोजेटिभ रिपोर्ट आयो लगायतको सबै विवरण एउटै प्लेटफर्ममा तयार पारेर राखेको छ ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया