कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
मेरोन्यूज
२०७७ चैत १४ गते ६:४९

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको गएराति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा विहान साढे ११ बजे बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार नेता जेशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ। उनको आजै दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
गत फागुन १४ गते मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार कै क्रममा जोशीको गएराती निधन भएको हो । विसं २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी २०७० मा काठमाडौँ क्षेत्र नं ८ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित
















आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया