आइतबार, फागुन १०, २०८२

काठमाडौँमा हावाको गुणस्तर झनै बिग्रियो,विश्वका प्रदूषित शहरको सूचिमा काठमाडौं पहिलो नम्बरमा

मेरोन्यूज २०७७ चैत १४ गते १२:३६

काठमाडौँ । काठमाडौँ उपत्यको वायु प्रदूषणको तह उच्च विन्दूमा पुगेको छ । शनिबार बिहान केही समय कम देखिएको प्रदूषण दिउँसोको समयबाट पुन बढेको हो । शुक्रबार दिउँसोदेखि अत्याधिक मात्रामा धुवाँसहितको वायुका कारण काठमाडौँ उपत्यका धुम्मिएको थियो । विश्वको वायुको गुणस्तर मापन गरि ‘रियल टाइम’ को श्रेणी प्रस्तुत गर्ने आइक्यूएअरको सूचिमा शुक्रबार पहिलो नम्बरमा परेको काठमाडौं । शनिवार पनि उक्त स्थान ओगटेको छ ।
आइक्यूएअरका अनुसार काठमाडौँको एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचांक) एक्यूआई २८७ पुगेको छ । विश्वका प्रदूषित शहरको सूचिमा चीनको राजधानी बेइजिङ्ग दोस्रो स्थानमा छ र त्यहाँको एक्यूआई १९४ रहेको छ । वातावरण विभाग अन्तर्गतको वायु प्रदूषण मापन केन्द्रका अनुसार पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा वायुको गुणतस्तर कम रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरी, नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ।

लाङ्गटाङ्ग राष्ट्रिय निकुञ्जसहितका वन क्षेत्रमा भीषण डढेलो लागेको र त्यहाँबाट निस्किएको धुँवा काठमाडौँसम्म आइपुग्दा वायु थप प्रदूषित भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य रुपमा मानिन्छ तर एक्यूआई २ सय १ भन्दा माथि पुगे अस्वस्थकर हुन्छ । ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ ।

त्यसैगरी,मौसमविदहरुका अनुसार प्रि–मनसुनी गतिविधि सक्रिय हुन सक्दा अप्रिल महिनामा औषत भन्दा निकै कम पानी परेको छ । जसका कारण वायुमण्डलमा धुलोका कणहरु बसेका छन् । तत्कालै पानी पर्ने र वायु प्रदूषण कम गर्ने खालको मौसमी प्रणाली नदेखिएकाले सतर्कता अपनाउन मौसमविदले पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया