कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, ८५ संक्रमित थपिए
मेरोन्यूज
२०७७ चैत १४ गते १६:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिड–१९ का ८५ संक्रमित थपिएका छन् । दुई हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएकोमा ८५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ४३५ पुगेको छ ।
हाल देशभर क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार २८८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया