सोमबार, वैशाख १४, २०८३

दुर्घटनामा तीनको मृत्यु

मेरोन्यूज २०७७ चैत १५ गते ६:५८

भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठोक्किंदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएरु दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए।

दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगरका ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी र सोही स्थानका मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारीको मृत्यु भएको थापाले बताए ।

प्रतिक्रिया