दुर्घटनामा तीनको मृत्यु
मेरोन्यूज
२०७७ चैत १५ गते ६:५८

भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठोक्किंदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो । ना ५ ख २१५० नम्बरको बस र ना ४० प ७०८२ नम्बरको स्कुटर ठोक्किएरु दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए।
दुर्घटनामा परी स्कुटरमा सवार भरतपुर–६ गीतानगरका ४० वर्षीय स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार चालकको दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारी र सोही स्थानका मोहनकी छोरी १७ वर्षीया विनिसा अधिकारीको मृत्यु भएको थापाले बताए ।
सम्बन्धित













यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया