नेपाली कलाकारहरुले यसरी मनाए होली

काठमाडौं । काठमाडौं उपत्याकासहित देशको पहाडी क्षेत्रमा आज होली मनाइ रहेको छ । पछिल्लो
केही दिन यता कोरोना संक्रमण बढेपछि गत वर्षजस्तै योपटकको होली पनि सतर्कता अपनाएर घरभित्रै सीमित गर्न सरकारले आग्रह गरेको छ। नेपाली कलाकारहरुले पनि होली पर्व सतर्कताका साथ मनाइरहेका छन् । उनीहरुको सामाजिक सञ्जाल होलीमय बनेको छ ।

प्रियंका र आयुष्मान
नवविवाहित जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीले घरमै होली मनाएका छन् । प्रियंकाले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । साथै, भिडियो सेयर गर्दै उनीहरुले सबैलाई सावधानीका साथ र आफ्नो परिवारसँग मात्रै बसेर होली मनाउन पनि आग्रह गरेका छन् ।

आचल शर्मा
पछिल्लो समय चर्चा बटुलेकी नायिका आचल शर्मा ।
आचलले होलीको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् ।उनले आफु र श्रीमान उधिपसँगको फोटो शेयर गदै होली सुरक्षित भएर मनाउँन आग्रह गरेकी छिन् ।

रेखा थापा
नेपाली चलचित्र क्षेत्रकी ‘हिरो अभिनेत्री’को उपमा पाएकी रेखा थापाको इन्स्टाग्राम पनि होलीको रङले रंगिएको छ । उनले थरीथरीका रङहरु अनुहारमा सजिएको आफ्नो फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले होलीको शुभकामना समेत दिएकी छिन् ।

नाजिर हुसेन
अभिनेता नाजिर हुसेनको इन्स्टाग्राम पनि होलीमय बनेको छ । उनले रङसँग खेलेको आफ्नो तस्बिर सेयर गर्दै सबैमा होलीको शुभकामना साटेका छन् ।

केकी अधिकारी
अभिनेत्री केकी अधिकारीले पनि इन्स्टाग्राममा अनुहारभरि रङले भरिएको तस्बिर हाल्दै होलीको शुभकामना दिएकी छिन् । साथै, उनले यसपालिको होली सतर्क र स्वस्थ रहेर आफ्नै परिवारसँग घरमै बसेर मनाउन पनि आग्रह गरेकी छिन् ।

बर्षा सिवाकोटी
नायिका वर्षा सिवाकोटीले होली मनाएको फोटो इन्स्टाग्राममा शेयर गदै सम्पुर्णमा होलीको शुभकामना दिएकी छिन् ।

अनमोल केसी
पहिलो समय नक्लेटी हिरोका रुपमा चिनिने नायक अनमोल केसी । अनमोलले इन्स्टाग्राममा नायिका सुहाना थापाका साथ होली मनाएको फोटो राखेर सबैलाई होलीको शुभकाना दिएका छन्
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया