मेलम्चीको पानी पिउने उपत्यकावासीको चाहना पूरा

काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको चाहना झण्डै दुई दशकपछि पूरा भएको छ । । विसं २०४७ तिर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौंवासीको उपयोगका लागि आपूर्ति गरिने प्रतिबद्धता सार्वजनिक गरेका थिए ।
काठमाडौं उपत्यकामा शहरी क्षेत्रको खानेपानीको माग पूरा गर्न क्रमिक रूपमा क्षमता बढाउँदै लैजान सकिने एक बृहत् अन्तर–जलाधार परियोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाले आइतबारबाट उपत्यकावासीको घरघरमा पानी पठाउन शुरु गरेको छ । महांकालचौरस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीमा भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।
केयुकेएलका निर्देशक मिलन शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवविक्रम राणालगायतको उपस्थितिमा सो ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पठाइएको हो ।
महांकालबाट छाडिएको पानी करिब आधा घण्टामा उपभोक्ताताको घरघरमा पुग्नेछ । महांकालकी शारदा पौडेलले आफ्नो घरको धारामा मेलम्चीको पानी खसेको बताइन् । मेरोन्यूजसँग उनले भनिन्, “मेलम्ची पानीका लागि यसअघि नै पाइप बिच्छ्याइएकाले वितरण गर्ने बित्तिकै पानी आयो ।”
पहिलो चरणमा चाबहिल, मित्रपार्क, बत्तिसपुतली, मैजुबहाल, एयरपोर्ट, जयबागेश्वरी क्षेत्रमा मेलम्चीको पानी पठाइएको केयुकेएलका निर्देशक मिलन शाक्यले जानकारी दिए । उनले भने, “महांकालचौर भण्डारण केन्द्रमा ८५ लाख लिटर खानेपानी भण्डारण गर्ने क्षमता छ, यहाँबाट दैनिक दुई करोड लिटर पानी वितरण गरिनुका साथै केही दिनपछि थप एक करोड लिटर पानी वितरण हुन्छ ।”
शाक्यका अनुसार पहिलो चरणमा केही उपभोक्ताको घरमा सानो परिमाणमा पानी पुग्ने र पानी वितरणको क्षेत्र र परिमाणलाई वृद्धि गर्दै लगिनेछ ।
मेलम्चीको पानी दोस्रो चरणमा सुन्दरीजलबाट बालाजुस्थित पोखरीमा पठाइने केयुकेएलको तयारी छ । त्यसपछि क्रमशः महाराजगञ्ज, पानीपोखरी र बाँसबारी क्षेत्रमा पानी पठाइनेछ । पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण हुनेछ । वितरण प्रणालीको अवस्था हेरेर दैनिक साढे ८ करोड लिटर पानी काठमाडौँ ल्याइनेछ ।
हाल एउटा मात्र पानी प्रशोधन केन्द्रको परीक्षण सम्पन्न भएको छ । उक्त केन्द्रको क्षमता साढे ८ करोड लिटर हो । अर्को प्रशोधन केन्द्रको परीक्षणपछि मात्रै उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइनेछ ।
वितरण प्रणालीमा पानी पठाइएसँगै सम्भावित जोखिम र चुहावट नियन्त्रणका लागि आवश्यक जनशक्ति र साधनस्रोतको व्यवस्था गरिएको शाक्यले बताए ।
मेलम्ची खानेपानी आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । शुरुमा इटालीको कम्पनीले आयोजना निर्माण गर्ने गरी ठेक्का लिएको भए पनि उक्त कम्पनी आर्थिक रुपमा टाट पल्टेर फिर्ता गएको थियो । उक्त कम्पनीले छाडेको बाँकी काम चिनियाँ कम्पनीले सम्पन्न गरेको हो ।
















राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया