आइपुग्यो चिनिया खोप काठमाडौंमा

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाबिरुद्धको आठ लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।
चीन सरकारले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भाक्सिन (भेरोसेल) खोपको ८ लाख डोज नेपाललाई अनुदानमा दिएको हो ।
चिनियाँ राजदुत हाउ यान्छीले चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप सहितका सामाग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन ।
दुई मात्रा लगाउनुपर्ने चीनको सिनोफार्म उत्पादन गरेको खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यसअघि भारतले सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।
उक्त खोप सरकारले प्राथमिकताका आधारमा नागरिकलाई पहिलो डोज दिइसकेको छ । चीनले गत फागुन १७ मा नेपाललाई अनुदानस्वरूप आठ लाख डोज सिनोफार्म खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

















राष्ट्रिय सहमति गरेरमात्र निर्वाचनमा जानु उपयुक्त हुन्थ्याे : पूर्वराजा ज्ञानेन्द्र
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
भरूवा बन्दुकसहित दुई जना पक्राउ
Kathmandu Valley’s pollution level down
132-kV Burtibang substation comes into regular operation
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन
खुल्यो तुम्लिङटार विमानस्थल
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै
प्रतिक्रिया