स्वास्थ्य मन्त्रालयले भन्यो,‘संक्रमितको उपचार गरेबापत २ हजार पाउनुहुन्छ, व्यवस्थापन गनुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन सेन्टर स्थापना गरेर संक्रमितको व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयअन्तगर्तको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले सातै प्रदेशका सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुलाई समन्वयमा कोभिड १९ लक्षण र चिन्ह भएकालाई अस्पतालमा भर्ना गर्न अनुरोध गरेको हाे ।
नीति योजना तथा अनुगमन महाशाखाका डा. गुणराज लोहनीले कोरोना पोजेटिभ आएकाहरु सार्वजनिक सवारी साधनमार्फत यात्रा गरेको सूचना आएको हुँदा सातै प्रदेशका सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुलाई संक्रमितको व्यस्थापन गर्न अनुरोध गरिएको बताए ।
उनले भने, ‘लक्षण र चिन्ह भएकाहरुलाई अस्पतालमा र लक्षण नभएकाहरुलाई आईसोलेसन सेन्टरमा १० दिन अनिवार्य राख्न भनिएकाे छ ।’
आइसोलेसन र अस्पताललाई प्रतिदिन प्रतिबिरामीको दुई हजार सोध भर्ना उपलब्ध गराइनेसमेत मन्त्रालयले जनाएको छ ।











निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया