महोत्तरीबाट हराएका ७ बालिका भारत पुर्याएको आशंका

काठमाडौँ । मंगलबार दिउँसो घाँस काट्न गएपछि परिवारको सम्पर्कबाट हराएका महोत्तरीको भंगहा नगरपालिका, धर्मपुरका ७ जना बालिका र किशोरीहरुलाई भारत पुगेको आशंका सुरक्षा निकायले गरेको छ ।
मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सिमावर्ति भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्याएको आशंका सुरक्षा निकायले गरेको छ । महोत्तरीस्थित सुरक्षा निकायलाई त्यसबारे प्रारम्भिक सूचना आएपनि अझै पुष्टि हुन नसकेको जिल्लाका एक सुरक्षा अधिकारीले जानकारी दिए ।
१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई हराएका बालिकाका खोजिका लागि हराएको गाउँदेखि बोर्डर क्षेत्रसम्म हिँजो साँझदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । बालिकाका आफन्त, गाउँले र बोर्डर क्षेत्रमा सूचना लिने काम भईरहेको उनले जानकारी दिए ।
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया