महोत्तरीबाट हराएका ७ बालिका भारत पुर्याएको आशंका

काठमाडौँ । मंगलबार दिउँसो घाँस काट्न गएपछि परिवारको सम्पर्कबाट हराएका महोत्तरीको भंगहा नगरपालिका, धर्मपुरका ७ जना बालिका र किशोरीहरुलाई भारत पुगेको आशंका सुरक्षा निकायले गरेको छ ।
मानव तस्करीमा संलग्न गिरोहले उनीहरुलाई सिमावर्ति भारतीय जिल्ला सितामढीको सुरशन गाउँमा पुर्याएको आशंका सुरक्षा निकायले गरेको छ । महोत्तरीस्थित सुरक्षा निकायलाई त्यसबारे प्रारम्भिक सूचना आएपनि अझै पुष्टि हुन नसकेको जिल्लाका एक सुरक्षा अधिकारीले जानकारी दिए ।
१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई हराएका बालिकाका खोजिका लागि हराएको गाउँदेखि बोर्डर क्षेत्रसम्म हिँजो साँझदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । बालिकाका आफन्त, गाउँले र बोर्डर क्षेत्रमा सूचना लिने काम भईरहेको उनले जानकारी दिए ।









मेरो न्यूजलाई प्रेस काउन्सिलले पत्र काटेकोमा प्रेस चौतारीको आपत्ति
चितवनलाई चिनाउँदै ‘चितवन राईनोज’
लुम्बिनीविरुद्ध पहिला बलिङ गर्दै सुदूरपश्चिम
आज कति छ सुनको भाउ ?
आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया